प्रहरीले बालविवाह गरेको आरोपमा बहुलासहित २ जनालाई प्रकाउ गरेको छ। वीरगञ्ज महानगरपालिका–१६ नगवाका १९ वर्षीय युवक र उनका बाबु पक्राउ परेका हुन्।
ती युवकले माघ १९ गते वीरगञ्ज–१६ लक्ष्मीनारायण टोलकी १७ वर्षीया युवतीसँग विवाह गरेका थिए। उनीहरुविरुद्ध बालविवाह मुद्दामा पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान शुरु गरिएको प्रहरीले जानकारी दिएको छ।
बाल विवाह गरेको सूचना आएपछि प्रहरीले बेहुला र बेहुलाको बुवालाई फागुन १४ गते पक्राउ गरेर बाल विवाहसम्बन्धी कसूरमा मुद्दा चलाएको हो।