सामाजिक सञ्जाल टिकटकमा चिनेको युवकसँग जाँदा एक युवतीको बलात्कार भएको छ। टिकटकबाट नजिएका युवकले ती युवतीलाई दुईदिनसम्म करणी गरी उनको गरगहना पनि लुटेको थिए।
इलाका प्रहरी कार्यालय इटहरीले बलात्कारपछि लुटपाट गरेको आरोपमा ती युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कास्की कास्कीकोट गाउँपालिका– ४ का ३९ वर्षीय राजीव गुरुङ रहेका छन्। गुरुङ टिकटकमार्फत चिनजान भएकी युवतीलाई दुई दिनसम्म होटलमा करणी गरी युवतीको गरगहना र पैसा लिएर फरार भएका थिए।
इटहरीकी युवतीलाई ठगेर फरार भएका गुरुङलाई झापाकी महिला भेट्न जार्दै गर्दा इटहरीबाटै उनी पक्राउ परेका हुन्। कास्कीबाट गत माघ २५ गते आएका गुरुङ इटहरी उपमहानगरपालिका– ९ स्थित आरआर होटलमा दुई दिन बसेका थिए।
त्यसपछि युवती नुहाउन वाथरुम गएका बेला माघ २७ गते सुनको झुम्का, ब्रास्लेट, सिक्री, नगद २७ हजार पाँचसय, सांग्रिला विकास बैंकको एटीएम र मोबाइल फोन लिएर भागेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।