सिरी ए फुटबल अन्तर्गतको खेलमा हेलास भेरोनासँग युभेन्टसले बराबरी खेलेको छ। शुरुवाती अग्रता जोगाउन नसक्दा युभेन्टस स्पष्ट ३ अं जोड्नबाट चुकेको हो।
भेरोनाको घरेलु मैदानमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। खेलको ४९ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाए। उनले फेडरिको चिइसाको पासमा गोल गरेका थिए।
तर, खेलको ७७ औं मिनेटमा एन्टोनिन बराकले गोल गर्दै घरेलु टोली भेरोनालाई खेलमा फर्काए। उनले डार्काे लाजोभिकको पासमा गोल गरेका थिए। प्रतिस्पर्धात्मक खेलमा त्यसपछि थप गोल हुन सकेन र दुई टोलीले अंक बाँडे।
यो बराबरीले युभेन्टुलाई उपाधि यात्रामा धक्का पुगेको छ। खेलमा विजयी भएको खण्डमा युभेन्टसले ४८ अंक जोड्ने थियो, जुन दोस्रो स्थानको एसी मिलानभन्दा १ अंक र शीर्षस्थानको इन्टर मिलान ५ अंक कम हुने थियो। बराबरीपछि युभेन्टसले ४६ अंक जोडेको छ।