नेपाली नायिका स्वस्तिमा खड्काले दक्षिण भारतीय फिल्म ‘थिरिमाली’ साइन गरेकी छिन्। फिल्म निर्माण पक्ष र नायिका खड्काबीच कागजी सम्झौता भएको हो।
उक्त फिल्ममा विविन जर्ज, जोनी एन्टिवनी, धर्मजन वोलगाट्टी, हरेश कनारान, आना रेश्माको मुख्य भूमिका रहनेछ। नेपालबाट स्वस्तिमा, माओत्से गुरुङले अभिनय गर्नेछन्।
फिल्म थिरिमालीलाई राजिव सेट्ठीले निर्देशन गर्नेछन्। चलचित्रको नेपाल र भारतमा खिचिने निर्माण पक्षले जानकारी दिएको छ।