नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले तत्कालै स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ।
सोमबार बिहान बसेको सचिवालय बैठकले पछिल्लो राजनीतिक घटना क्रमका बारेमा छलफल गर्न स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको हो।
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार फागुन १९ गते दिउँसो १ बजे केन्द्रीय कमिटी बैठक बस्न लागेको हो।
बैठकले पार्टीको आधिकारिकतासम्बन्धी पेस गरिएको दाबीबारे छिटोभन्दा छिटो निर्णय गर्न निर्वाचन आयोगलाई अनुरोध गरेको छ।
नेकपाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलको प्रमुख सचेतकबाट देवप्रसाद गुरुङलाई हटाएको विषयमा छलफल भएको थियो।