गृहमन्त्री रामबहादु थापाले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई प्रधानमन्त्री विरुद्धको अविश्वासको प्रस्ताव फिर्ता लिन आग्रह गरेका छन्। उनले प्रचण्ड–नेपाललाई सच्चिने अन्तिम अवसर भएको बताएका छन्।
‘अविश्वासको प्रस्तावलाई अगाडि बढाएर उहाँहरुले सरकारलाई अपदस्थ गर्न खोज्नुभएको छ। त्यसलाई गल्ती ठानेर, अविश्वासको प्रस्तावलाई विथड्रल गरेर पार्टीलाई फेरि एकताबद्ध गर्ने अवसर उहाँहरुलाई छ,’ पोखरामा सोमबार आयोजित गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलामा बोल्दै उनले भने।
गृहमन्त्री थापाले प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव रोकिएमा पार्टी एकताको सम्भावना रहेको आशय पनि व्यक्त गरेका छन्। उनले सर्वोच्चको फैसलाले देशमा राजनीतिक अस्थिरता बढेको पनि जानकारी दिए।