प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि शारीरिक हमला नै हुने आशंका व्यक्त गरेका छन्। पोखरामा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले आफ्नो ज्यान तलमाथि भयो भने पनि अनौठो नमान्न जानकारी दिए।
‘सम्पूर्ण रुपले ममाथि प्रहार भएको छ, अत्यन्तै तीव्र रुपमा भएको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘शारीरिक हमला नै भयो र ज्यान तलमाथि भयो भने पनि अनौठो नमान्नुहोला।’
आफू नरहे पनि पार्टी, आन्दोलन रहेको बताउँदै उनले पार्टीको भविष्य अन्धकार जान नदिन उनले कार्यकर्ताहरुलाई आग्रह गरे।