क्यानडाको एक विद्यालयकी छात्राले लगाएको पहिरनले शिक्षकलाई असहज हुने भन्दै शिक्षिकाले उनलाई कक्षाकोठाबाट बाहिर पठाएकी छिन्। माथि घाँटीसम्म नै ढाकिने, पूरा बाहुला भएको र तल घुँडासम्मको पहिरनलाई भित्री वस्त्रजस्तो छात्रालई निकालेपछि उनका अभिभावकले आक्रोश पोखेका छन्।
१७ वर्षीय छात्रालाई कक्षाबाट बाहिर निकाल्ने शिक्षिकाले छात्र र शिक्षकलाई असशज भएको स्पष्टिकरण दिएकी छिन्। नोर्काम सिनियर सेकेण्डरी स्कूलकी ती शिक्षिकाले उनको कपडालाई भित्री वस्त्रजस्तोे भनेकी थिइन्।
छात्राका पिताले आफ्नाे छाेरीलाई अन्ययाय गरेकाे भन्दै आक्राेश व्यक्त गरेका छन्। घटना प्रिन्सिपलकहाँ पुगेपछि प्रिन्सिपलले पनि कारिसको पहिरन उचित नभएको बताएका थिए। प्रिन्सिपलले विल्सनलाई स्कुलको ड्रेस कोड पनि देखाएका थिए। उक्त कोडमा शिक्षण सिकाइबाट ध्यान अन्यत्र मोड्ने पहिरन लगाउन नपाइने उल्लेख गरिएको छ।