ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ खाम्लुङमा बिहान ९ बजेदेखि आगलागी भइरहेको छ। स्थानीय भोलानाथ पौडेलको घरबाट आगलागी शुरु भएको छ।
स्थानीय दीपेश कार्कीका अनुसार आगलागीबाट दोभान मनिट्रान्सफर र ग्लोबल आइएमई बैंक रहेका घरसहित ३० वटा घर पुर्ण रुपमा जलेर नष्ट भएका छन्।
आगलागी नियन्त्रणमा लिनका स्काभेटरले केही घर भत्काइएको छ। आगलागी नियन्त्रणका लागि स्थानीयबासी र सुरक्षाकर्मी खटिएका छन्।
दमकल आइपुग्न ढिलाईका कारण आगलागी नियन्त्रणमा कठिनाई भएको छ। आगलागीका कारण लाखौंको क्षति भइसकेको छ।