राष्ट्रिय युवा परिषद्ले जिल्ला युवा समिति पर्साको अध्यक्षमा अमिताभ बच्चन दास तत्मालाई नियुक्त गरेको छ। परिषद्को फागुन ३ गतेको निर्णय अनुसार दासलाई अध्यक्षमा मनोनयन गरेको हो।
प्रस्तुत विषयमा राष्ट्रिय युवा परिषद्को मिति २०७७ फागुन ३ गतेको निर्णय अनुसार राष्ट्रिय युवा परिषद् ऐन २०७२ को दफा ११ उपदफा २ (क) बमोजिम जिल्ला युवा समिति पर्साको अध्यक्ष पदमा मनोनित गरिएको पत्रमा उल्लेख गरिएको छ।
‘तपाईको कार्यकालमा यस परिषद्ले युवाको समग्र विकास र परिचालनको क्षेत्रमा उल्लेखनीय योगदान पुग्ने अपेक्षा राखेको छ,’ मनोनयन पत्रमा लेखिएको छ।