नेपाल सरकार र नेत्रविक्रम चन्द समूहबीच आज पहिलो चरणको वार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान सम्पन्न वार्ता सकारात्मक दिशातर्फ उन्मुख भएको सरकारी वार्ता टोलीका सदस्य डा राजन भट्टराईले जानकारी दिएका हुन्।
सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र चन्द समूहका तर्फबाट खड्गबहादुर विश्वकर्माका संयोजकत्वमा मंगलबार अलगअलग वार्ता समिति सार्वजनिक भएको थियो।
हिंसात्मक गतिविधिमा प्रतिबन्ध लगाइएको सो समूह राष्ट्र, राष्ट्रियता र जनजीविकाका विषयमा वार्ता र संवाद गर्न तयार भएपछि वार्ता प्रक्रिया अघि बढेको हो।