नेपाली कांग्रेसले संसदीय दलको बैठक आह्वान गरेको छ। आगामी शुक्रबार दिउँसो १ बजे नयाँबानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बैठक आह्वान गरिएको हो।
प्रतिनिधिसभा पुन:स्थापित भए पछि फागुन २३ गते अपराह्न ४ बजे संसद् अधिवेशन आह्वान गरिएको छ। उक्त बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा संसदीय दलको बैठकबाट टुंगो लगाउने नेपाली कांग्रेसका नेताहरु बताउँछन् ।