नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रधानमन्त्री केपी शर्मा ओली पक्षका ७ नेतालाई कारबाही गरेको छ। नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहित बहुमत पक्षको बैठकले ओली समूहका ७ जना नेतालाई कारबाही गरेको हो।
नेकपाका नेता वर्षमान पुनका अनुसार नेताहरू सुवासचन्द्र नेम्वाङ, विशाल भट्टराई, शान्ता चौधरी, प्रभु साह, कर्णबहादुर थापा, महेश बस्नेत र सूर्य थापालाई पार्टीबाट निलम्बन गरिएको हो।
कारबाहीमा परेका नेताहरूमाथि पार्टी हित विपरीत गतिविधि गरेको आरोप लगाइएको छ। नेकपाको बैठक अहिले पनि जारी छ।