इटालियन क्लब युभेन्टस लगातार १० औं पटक सिरी ए को उपाधि जित्ने लक्ष्यमा छ। तर, यस सिजन युभेन्टसको खेल लक्ष्यअनुसारको उत्कृष्ट छैन भन्दा फरक नपर्ला। समग्रमा ३७ औं पटक च्याम्पियन बन्ने दाउमा रहेको युभेन्टसले मिश्रित प्रदर्शन गरिरहेको छ।
रोनाल्डो प्रेरित युभेन्टसले यस सिजन सिरी ए मा २४ खेल खेलेको छ। जसमध्ये १४ खेलमा जीत, ७ खेलमा बराबरी र ३ खेलमा हार बेहोरेको छ। गय राति भएको खेलमास्पेजियालाई ३–० गोलले पराजित गर्दै युभेन्टसले उपाधि जित्ने सम्भावनालाई जीवितै राखेको छ। अंक तालिकाको तेस्रो स्थानमा रहेको युभेन्टस शीर्षस्थानको इन्टर मिलानभन्दा ७ अंक र दोस्रो स्थानको एसी मिलानभन्दा ३ अंकले पछि छ।
लिगको उपाधि दौडमा रहेको इन्टर मिलान, एसी मिलान, युभेन्टस र एटलान्टाले समान १४ खेल खेल्न बाँकि नै छ। उक्त खेलहरुको नतिजाले पनि टोलीहरुको उपाधि यात्रालाई निर्धारण गर्नेछ।
युभेन्टसका प्रशिक्षक आन्द्रेय पिर्लोले टोलीको खेल सुधारोन्मुख रहेकाले उपाधि जित्ने आशा जीवितै रहेको बताएका छन्। उनले टोलीकाे प्रदर्शन मिश्रित रहेपनि खेलहरु अझै बाँकि रहेकाले उपाधि दौडबाट आफूहरु बाहिरी नसकेको जानकारी दिएका हुन्।