दक्षिण कोरियामा गत २४ घण्टाभित्र ४ सय २४ जना कोरोना भाइरस संक्रमितको संख्या थपिएपछि कुल संक्रमितको संख्या ९१ हजारभन्दा बढी भएको छ। दक्षिण कोरियामा गत फेब्रुअरी मध्यबाट एक दिनमा ३०० र ४०० को बीचमा संक्रमित थपिने गरेको थियो।
तर गत मंगलबार ४ सय ४४ व्यक्तिमा कोरोना भाइरस संक्रमण देखिएको छ। सो दिनको तुलनामा बुधबार केही कम भएको जनाइएको छ। बुधबार ४ सय २४ जना मात्र कोरोना भाइरस संक्रति भएका थिए।
गत वर्ष नोभेम्बरदेखि कयौ महिनायता कोरोना भाइरस संक्रमितको संख्या एक सय बढी हुदै आएको थियो। दक्षिण कोरियाको राजधानी शहर सोल र जिओन्गी प्रान्तमा वरपर संक्रमितहरु देखिदै आएका थिए। ती क्षेत्रहरुमा आयातित केसहरूले पनि प्राथमिता पाएको सरकारी अधिकारीहरु पुष्टि गरेका छन्।
गत २४ घण्टामा कोरोना संक्रमणको कारण थप सात व्यक्तिको मृत्यु भएपछि यहाँ कुल मृतकको संख्या १ हजार ६ सय १९ जना पुगेका छन्। दक्षिण कोरियामा गत फेब्रुअरी २६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको छ। सो दिनदेखि हालसम्म एक लाख ५४ हजार ४ सय २१ व्यक्तिले खोप लगाइसकेका सरकारी अधिकारीहरुले जानकारी दिएका छन्।