प्रहरीले गुल्मीको भाडगाउँमा युवतीको हत्या अभियोगमा पक्राउ परेका व्यक्तिलाई सार्वजनिक गरेको छ। रेसुङ्गा नगरपालिका–३ भाडगाँउमा २१ वर्षीया सम्झना बोहोराको हत्या गरेको अभियोगमा पक्राउ परेका ४७ वर्षीय लालबहादुर खत्रीलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले पत्रकार सम्मेलन गरी बिहीबार सार्वजनिक गरेको हो।
प्रहरीका अनुसार लालबहादुरले सम्झनाको हत्या आफूले गरेको स्वीकार गरेका छन्। हत्याको कारणबारे खुलाइएको छैन। सम्झना गत माघ २९ गते रातिदेखि बेपत्ता भएकी थिइन्।
बेपत्ता भएको १८ दिनपछि फागुन १७ गते उनको शव घर नजिकैको बारीको कुनामा टाउको बोरामा राखेको अवस्थामा फेला परेको थियो।