पार्टीको नयाँ निर्णयबारे जानकारी गराउन नेपाल कम्यनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहका नेता निर्वाचन आयोगमा गएका छन्। उनीहरु पार्टी विवादको निर्णय छिट्टै पार लगाइदिन दबाब दिने उद्देश्यले बिहीबार निर्वाचन आयोग गएका हुन्।
नेकपा प्रचण्ड–नेपाल समूहका नेताहरु राजेन्द्र पाण्डे र लीलामणि पोखरेल निर्वाचन आयोग पुगेका हुन्। पार्टीको आधिकारिकता दावी गर्दै दिएको पत्रबारे छिटो निर्णय गर्न दबाब दिने र प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठकले गरेको निर्णयबारे जानकारी गराउन आयोग गएको एक नेताले जानकारी दिए।