नेपाल कम्युनिष्ट पार्टी(नेकपा) राजनीतिकरुपमा दुई भागमा विभाजित भइसकेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा ओली समूहको नेतृत्व गरिरहेका छन् भने पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेकपा प्रचण्ड–नेपाल समूहको नेतृत्व गरिरहेका छन्।
दुबै पक्षले पार्टीको आधिकारिकता र चुनाव चिन्ह ‘सूर्य’ आफ्नो हुने दाबी गरेका छन्। नेकपाको विवाद निर्वाचन आयोगको निर्णयको पर्खाइमा छ। आयोगले हाललाई कुनै पनि पक्षलाई आधिकारीकता दिएको छैन। नेकपा विवादबारे छिट्टै निर्णय दिने आयोगले जानकारी दिएको छ।
यसैबीच ओली समूहका नेता महेश बस्नेत र प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाबीच भेटवार्ता भएको छ। बिहीबार भएको भेटमा उनीहरुले करिब आधा घण्टा ‘वान टु वान’ वार्ता भएको छ। भेटमा नेता बस्नेतले नेकपा विवादमा आयोग दिन सक्ने निर्णयबारे चासो देखाएको बताइएको छ। निर्वाचन आयोगले नेकपा विवादमा के गरिरहेको छ भन्ने आशय बुझ्न नेता बस्नेतले प्रमुख आयुक्त थपलियासँग भेट गरेका हुन्।
उता, प्रचण्ड–नेपालले समूहका नेताहरुले बिहीबार निर्वाचन कार्यालयमा पार्टीको नयाँ निर्णयहरु जानकारी गराएका छन्। प्रचण्ड–नेपाल समूहले गत माघ २० गते बहुमत आफ्नो पक्षमा रहेको उल्लेख गर्दै आफूले दलको आधिकारिता पाउनुपर्ने दाबीपत्र बुझाएका थिए।
र याे पनि,
‘केपी ओलीले शासन गर्ने नैतिक आधार गुमाइसक्नुभयो, प्रतिनिधिसभाले विकल्प खोज्छ’ (अन्तरवार्ता)