काठमाडौं — नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव काठमाडौं आउँदैछन्। सरकारसँग भएको सहमतिको विस्तृत विवरण घोषणा कार्यक्रममा सहभागी हुन विप्लव शुक्रबार बिहान नवलपरासीबाट काठमाडौं हिँडेका हुन्।
जनपत्रकार संगठन नेपाल केन्द्रीय समितिका निवर्तमान अध्यक्ष प्रकाश डुम्रेका अनुसार महासचिव विप्लव नवलपरासीमा शहीद परिवारसँग भेटघाट गरेर काठमाडौंतिर लागेका हुन्। सरकारले हेलिकप्टर पठाउने तयारी गरे पनि उनी गाडीमै काठमाडौं आउन लागेका हुन्।
शुक्रबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजना हुने कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव चन्दले सहमतिपत्रमा संयुक्त रुपमा हस्ताक्षर गर्नेछन्।
महासचिव चन्दले कार्यक्रमलाई सम्बोधन पनि गर्नेछन्। भूमिगत रुपमा रहँदै आएका चन्द करिब दुई वर्षपछि सार्वजनिक भएका हुन्।