बृहत् नागरिक आन्दोलनको नेतृत्वमा म्यानमारमा जारी हिंसात्मक दमनविरुद्ध काठमाडौंस्थित म्यानमार दूतावास अगाडि विरोध प्रदर्शन गरिएको छ। म्यानमारमा सैन्य सरकारले गरिरहेको हिंसात्मक दमनको विरोधमा शुक्रबार प्रदर्शन गरिएको हो।
सहभागिहरुले नक्खु, भैंसेपाटीस्थित दूतावास अगाडि प्रदर्शन गरेका हुन्। उक्त प्रदर्शनमा नागरिक अभियन्ताहरू गोविन्द केसी, नारायण वाग्ले, खगेन्द्र संग्रौलालयागत विद्यार्थीहरुकोे सहभागिता थियो।
विरोध प्रदर्शनमा सहभागिहरुले आफूहरु म्यानमारका जनताको पक्षमा रहेको बताएका छन्। उनीहरूले म्यानमारमा तत्काल लोकतन्त्र पुनर्बहाली गर्न माग गरेका छन्।