नेपाल सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच शुक्रबार सहमति पत्रमा हस्ताक्षर हुँदैछ।शुक्रबार सरकारको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाको तर्फबाट महासचिव विप्लवले सरकार र विप्लव समूहबीच भएको ३ बुँदे सहमतिमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ।
प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव विप्लवले हस्ताक्षरलगत्तै सम्बोधन गर्ने कार्यक्रम छ।
यसअघि प्रधानमन्त्री ओली र विप्लवबीच प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको थियाे।