प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिका, चीन र भारत भन्दा नेपाल शान्तिको मापदण्डमा अघि बढेको बताएका छन्। विप्लव नेतृत्वको नेकपासँग तीन बुँदे सहमतिपछि सम्बोधन गर्दै उनले यसअघि नै नेपालको शान्तिको स्थिति प्यारामिटर माथि रहेको बताएका हुन्।
नेपालमा अब कुनै पनि हिंसात्मक द्वन्द्व नरहेको उनले बताए। उनले विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आउनु सेफ ल्याण्डिङ भएको पनि बताए।
त्यस्तै प्रधानमन्त्री ओलीले विप्लव समूहका नेता धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’ सँग ठट्टा गरेका छन्। सम्बोधनको सुरुवातमै धर्मेन्द्रतिर हेर्दै उनले ‘यति थोरै जेल बसेर छुट्न पाए पो हुन्थ्यो भनेका थिए।
प्रधानमन्त्री ओलीले आफूहरुले कसैलाई पनि प्रधानमन्त्री पद प्रस्ताव नगरेको पनि बताए।