विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकारसँग भएको तीनबुँदे सहमतिप्रति आफूहरु प्रतिबद्ध रहेको बताएका छन्।
सहमतिमा हस्ताक्षर गर्न आयोजित कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै उनले सरकारसँग भएको तीन बुँदे सहमतिमा देशलाई आत्मनिर्भर र स्वाधीन बनाउने सपना रहेको बताएका हुन्।
उनले जतिबेला अन्याय हुन्छ त्यसबेला कम्युनिष्टहरूले विद्रोह गर्ने भन्दै हाम्रा मान्यता र आकांक्षामा धावा बोले विद्रोह हुने गरेको बताए। हिजो पनि संविधान लेखन र संसदीय व्यवस्था पूँजीवादी व्यवस्थामा सहमत नभएको भन्दै उनले विद्रोह गरेको सम्झिए।