नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली समूहको संसदीय दलको बैठक शुरू भएको छ। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बैठक शुरू भएको हो।
गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि नेकपा दुई समूहमा बाँडिएको छ।
प्रचण्ड–नेपाल समूहले शुक्रबार संसदीय दलको बैठक गरेको थियो। उक्त बैठकले प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको छ।आइतबार संसद बैठक बस्दैछ।