पूर्व–पश्चिम राजमार्गअन्तर्गत टिकौली जंगलमा सवारी साधनको ठक्करबाट एउटा चितुवाको बच्चा मरेको छ। शनिबार राति टिकौली जाँचचौकीबाट करिब ३०० मिटर पूर्वतर्फ चितुवाको बच्चा मरेको अवस्थामा भेटिएको हो।
डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार आठ महिनाको जस्तो देखिने पोथी बच्चालाई सवारी साधनले ठक्कर दिँदा मृत्यु भएको हो। बच्चाको मुखमा चोट लागेको उनले जानकारी दिएका हुन्।
रातको समयमा चितुवाको बच्चा मृत भेटिएपछि डिभिजन वन कार्यालय चितवनमा ल्याइएको उनले जानकारी दिए। ठक्कर दिने सवारी चालकको खोजी भइरहेको खनालले बताए।