कोरोना भाइरसविरुद्धको खोपको ३ लाख ४८ हजार डोज आज नेपाल आइपुगेको छ। कोभ्याक्स सुविधाअन्तर्गत नेपालले प्राप्त गर्ने खोपको पहिलो खेप आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको हो।
अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकास गरेको यो खोप पनि भारतको सिरम इन्सटिच्युटले उत्पादन गरेको हो।
स्वास्थ्य मन्त्री हृदयश त्रिपाठीका अनुसार कोभ्याक्स सुविधाअन्तर्गत नेपालले २० प्रतिशत नागरिकलाई पुग्ने खोप विश्व स्वास्थ्य संगठनमार्फत् प्राप्त गर्ने छ।