संसद् सचिवालयले नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्ड बनेको पत्र दर्ता गर्न अस्वीकार गरेको छ।
प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय प्रचण्ड र माधवकुमार नेपाल आइतबार दिउँसो सांसदहरूसँगै आफूहरूको निर्णयबारे जानकारी दिन संसद् सचिवालय गएका थिए।
प्रचण्ड–नेपाल समूहले शुक्रबार संसदीय दलको बैठक राखेर प्रचण्डलाई दलको नेता बनाएको थियो। उक्त बैठकमा ११५ जना सांसद उपस्थित रहेको उक्त समूहको दाबी छ।
संसद सचिवालयलाई हस्ताक्षरसहित संसदीय दलको नेता फेरिएको जानकारी गराए अब सचिवालयले ती हस्ताक्षरहरू प्रमाणित गर्नुपर्ने हुन्छ।