सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ऋषिराम कट्टेललाई दिने फैसला गरेपछि नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्ष आकस्मिक छलफलमा जुटेका छन्।
सिंहदरबारमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, वरिष्ठ नेता माधवकुमार नेपालसहितका शीर्ष नेताहरू छलफलमा जुटेका हुन्। सर्वोच्च अदालतले एमाले र माओवादी एकीकरण अगाडिकै अवस्थामा फर्काइदिएपछि आगामी रणनीतिबारे छलफल गर्न प्रचण्ड–नेपाल पक्ष छलफलमा जुटेका हुन्।
अदालतको फैसलापछिको अवस्थाबारे निर्णय लिनका लागि आकस्मिक छलफल शुरु भएको एक नेताले बताएका छन्।