नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्चबाट आएको फैसला अपेक्षा गरेभन्दा फरक लागेको टिप्पणी गरेका छन्।
संघीय संसद् सचिवालय अगाडि पत्रकारहरूको प्रश्नमा जवाफ दिँदै प्रचण्डले सर्वोच्चले नेकपाबारे गरेको फैसलाको राम्रोसँग अध्ययन गरेर मात्रै थप टिप्पणी गर्ने बताए।
सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नाम राख्ने निर्वाचन आयोगको निर्णय खारेज गर्दै ऋषि कट्टेलको पक्षमा फैसला सुनाएको छ।