समय सामाजिक सञ्जालमा निकै चर्चा भएका चितवनका कञ्चन तिमल्सिना सधैंका लागि बिदा भएका छन्। प्रेमिकासँगको विछोडपछि विष सेवन गरी आत्महत्या गर्ने प्रयास गरेका उनी चितवनको भरतपुर अस्पतालमा उपचाररत थिए।
उपचारकै क्रममा आइतबार उनको निधन भएको हो। कञ्चनलाई बचाउनका धेरै नेपालीले आर्थिक सहयोगसमेत गरेका थिए। कञ्चन र चितवनकै अनिशा कुमाल प्रेममा थिए। सामाजिक सञ्जालबाट एकअर्कासँग नजिकिएपछि उनीहरुले काठमाडौं आएर बिहे गरेका थिए।
तर, पछि अनिशा र उनका परिवारले जबरजस्ती सिन्दूर हालेको बताएकी थिइन्। अनिशा आफ्नै घर फर्किएपछि कञ्चनले त्यो वियोग सहन सकेनन् र आत्महत्या गर्ने निर्णय गरे।
विष पिएका कञ्चनलाई परिवारले अस्पताल लगेका थिए। आर्थिक अवस्था कमजोर भएका उनको उपचारका लागि विभिन्न व्यक्तिहरुले सहयोग गरेका थिए। तर, ६१ औं दिनमा उनी सदाका लागि बिदा भएका हुन्।