सर्वोच्च अदालतले पुनर्स्थापना गरिदिएपछि पहिलो पटक बस्न लागेको प्रतिनिधि सभा बैठक शुरु भएको छ। अपरान्ह ४ बजेको लागि बोलाइएको बैठक भर्खरैबाट संसद् भवन नयाँ बानेश्वरमा मा शुरु भएको हो।
प्रधानमन्त्री केपी शर्मा ओली सहभागी नहुने भएका छन्। बैठकका लागि संसद् भवन पुगेका प्रधानमन्त्री ओली भने केहीबेर अघि नै संसद भवनाबाट निस्किसकेका छन्।
पटक–पटक खबर गर्दा पनि सभामुख अग्नि सापकोटाले बैठक शुरू नगरेपछि प्रधानमन्त्री बाहिरिएको सांसद सुवास नेम्वाङले जानकारी दिए।