प्रधानमन्त्री केपी शर्मा ओलीले अब आफू नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को साधारण सदस्य नरहेको बताएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सर्वोच्च अदालतको फैसलाले यस विषयमा टुंगो लगाइदिएको बताएका हुन्।
ओलीले आफ्नो पार्टी कुन हो भन्ने विषय सर्वोच्चको फैसलाले टुंगो लगाएको बताए। ‘मैले सोध्न नपरोस् तपाईं कुन पार्टीको हो? मलाई त उहाँहरूले नेकपाको साधारण सदस्यबाट पनि निष्कासन गर्नु भएको थियो, म नेकपाको साधारण सदस्य पनि होइन। अदालतले भन्यो म कुन पार्टीको सदस्य र अध्यक्ष हो,’ ओलीले भने।
यसअघि आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद् एवं नेकपाका नेता भीम रावलले प्रधानमन्त्री ओलीको पार्टी कुन हो, प्रष्ट पार्नुपर्यो भनेका थिए।
ओलीले रावललाई जवाफ फर्काउँदै भने, ‘म कुन पार्टीको सदस्य हो भन्ने लाग्छ भने अदालतलाई सोध्नू।’
ओलीले प्रतिनिधिसभा बैठक स्थगित भएको विषयमा पनि आक्रोश पोखेका छन्। पहिलो बैठक राम्ररी चल्न दिनुपर्ने उनले बर्ता।
‘मुद्दा मामिला गरेर संसद् पुनर्स्थापना किन गर्या रैछ त भन्दा उफ्रिन नाराबाजी गर्ने रैछ,’ ओलीले भने,ुकम्तिमा मेरो मेख मार्न भए पनि पहिलो बैठक राम्ररी चल्न दिनुपर्छ,’ ओलीले भने।