नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले र माओवादी केन्द्र ब्यूँताउने सर्वोच्च अदालतको फैसलाबारे धारणा तय गर्न प्रचण्ड–नेपाल समूहको स्थायी कमिटीको बैठक शुरु भएको छ।
तत्कालिन माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा शुरु भएको बैठकमा अदालतको फैसला र अबको रणनीतिबारे छलफल हुनेछ।
यो बैठक अगाडि माधवकुमार नेपाल समूहका १३ स्थायी कमिटी सदस्य छुट्टै छलफलमा बसेका थिए।