फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी)का मुख्य प्रशिक्षक माउरिसियो पोचेटिनोले बार्सिलोनाविरुद्धको खेल पिएसजीका लागि असाधारण चुनौती रहेको बताएका छन्। च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा बार्सिलोनालाई ४–१ गोलले पराजित गरेपनि पिएसजीका प्रशिक्षक पोचेटिनोले ढुक्क हुन सक्ने अवस्था नरहेको बताएका हुन्।
बार्सिलोना र पिएसजीको दोस्रो लेग बुधबार राति १ः४५ बजे शुरु हुँदैछ। खेल पिएसजीको घरेलु मैदानमा हुनेछ। आफ्नै घरमा पिएसजीसँग फराकिलो हार बेहोरेको बार्सिलोना उक्त खेलमा गर या मरको स्थितिमा छ। अघिल्लो चरणमा पुग्ने लगभग निश्चित रहे पनि पिएसजीका प्रशिक्षक पोचेटिनाले अहिले नै उत्साहित भइहाल्नु नहुने आशय व्यक्त गरेका छन्।
‘हामी लिग देखि च्याम्पियन्स लिगसम्म सबै प्रतियोगिता जित्न चाहन्छौं। तर त्यो सहज छैन,’ उनले भने,‘हामीले प्रत्येक खेलका लागि योजना बनाएर अघि बढ्न जरुरी छ। अब हाम्रो ध्यान बार्सिलोनासँगको खेलमा छ।’
पोचेटिनोले थपे, ‘हामीले पहिलो लेग जिते पनि बार्सिलोना बलियो टिम हो। त्यसकारण हामी धेरै आत्मविश्वासी हुनुहुँदैन।’ स्मरण रहोस्, च्याम्पियन्स लिगमा कुनै पनि टिम पहिलो लेगमा तीन गोल अन्तरले पराजित हुँदा उसले अर्को चरणमा स्थान पक्का गर्न सकेको छैन।