नेपाली कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था फेरि बिग्रिएको छ। जोशीको शनिबारदेखि स्वास्थ्य अवस्थामा बिग्रिएको हुँदा भेन्टिलेटरमा राखेर उपचार गरिएको चिकित्सकहरूले जानकारी दिएका छन्।
५७ वर्षका जोशीलाई फागुन १३ मा मस्तिष्कघात भएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो। उच्च रक्तचापका कारण जोशीलाई मस्तिष्कघात भएको चिकित्सकहरूले बताएका छन्।
जोशीको डाक्टर राजिव झा नेतृत्वको चिकित्सक टोलीले उपचार गरिरहेको छ।