नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेस र जनता समावादी पार्टीसँग वार्ता गर्ने भएको छ। मंगलबार बसेको स्थायी कमिटी बैठकले सरकार, संसद् सञ्चालनलगायतका विषयमा वार्ता गर्ने निर्णय गरेको हो।
त्यस्तै संगठनात्मक काम र अहिलेको परिस्थितिबारे पार्टीलाई प्रशिक्षित गर्न २९ गते केन्द्रीय कमिटीको बैठक र कार्यकर्ता भेला चैत १ गते गर्ने निर्णय भएको नेता नारायण काजी श्रेष्ठले जानकारी दिए।
स्थायी कमिटीको बैठक जारी छ।