नेकपा (एमाले) र जनता समाजवादी पार्टीले संयुक्त कार्यदल बनाएका छन्। समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले पार्टीका शीर्ष नेताहरुलाई जानकारी नै नदिई नेकपा एमालेसँग सत्ता साझेदारीबारे गृहकार्य गर्न कार्यदल गठन गरेको पाइएको छ।
जसपा सांसद् लक्ष्मणलाल कर्णले रेशम चौधरीका मुद्दा फिर्ता लिनेलगायत विषयमा छलफल गर्न कार्यदल बनेको जानकारी दिएका छन्।
मंगलबार जसपा संसदीय दलको बैठकमा उनले कार्यदल गठन गर्ने सहमति भएको र आफूले सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई तोकेको जानकारी दिए।
एमालेबाट विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङलगायत नेता छन्। अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई ओलीसँग सहकार्य गर्ने पक्षमा थिएनन्।