प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ। संसद् सचिवालयले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का सांसदहरूलाई संसद् बैठक कक्षमा छुट्टाछुट्टै लहरमा बस्ने व्यवस्था मिलाउने भएको छ।
आयोगले मंगलबार नै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) साविकको अवस्थामा कायम भएको पत्र पठाएको थियो।
सत्तापक्षका लागि संसद्मा चार वटा लहर छुट्याइएको छ। एमाले र माओवादी केन्द्रका लागि छुट्टाछुट्टै लहरको व्यवस्थापन गरिएको बताइएको छ।