नेकपा एमालेका नेता युवराज बाँस्कोटा हत्या आरोपमा पक्राउ परेका छन्। मोरङको पथरीशनिश्चरे–१० जिरीखिम्तीका १९ वर्षीय सन्दीप भण्डारीको हत्या अभियोगमा बुधबार उनी पक्राउ परेका हुन्।
गत पुस १४ गते भण्डारी पथरीशनिश्चरे २ मंगलबारेस्थित युवराज बाँस्कोटाको घरमा मृत फेला परेका थिए। मृतक भण्डारीको शरीरमा निलडाम र कानमा चोट देखिएको मृतककी आमा राधिका भण्डारले जानकारी दिएकी छिन्।
त्यसपछि मृतकका परिवारले २६ पुसमा ‘कर्तब्य ज्यान’ मुद्दामा बाँस्कोटाविरूद्ध इलाका प्रहरी कार्यालय पथरीमा किटानी जाहेरी दिएका थिए।
पक्राउ परेका नेता बास्तोलालाई मोरङ अदालतमा म्याद थप गर्न प्रहरीले लैजाने तयारी गरेको सुरक्षा स्रोतले जानकारी दिएको छ। नेपाल कम्यूनिष्ट पार्टी नेकपा विभाजन भएपछि बाँस्कोटालाई केपी शर्मा ओली समूहले केन्द्रीय सदस्य बनाएको थियो।