जनता समाजवादी पार्टी (जसपा) र सरकारबीच शुक्रबार पनि वार्ता हुने भएको छ। वार्ता प्रधानमन्त्री निवास बालुवाटारमा ४ बजे बस्ने बताइएको छ। उक्त वार्ताले जसपा सरकारमा जाने वा नजाने निश्चित गर्ने जसपाका एक नेताले बताए।
सरकार र जसपाबीच यसअघि पनि छलफल भएको थियो। छलफलमा प्रधानमन्त्रीले ओली जसपाले राखेका मागहरु सम्बोधनका लागि सकरात्मक भएको बताएइको छ। जसपाले निलम्बित सांसद टीकापुर घटनामा दोषी ठहर रेशम चौधरीको मुद्दा फिर्ता र रिहाइ तथा मधेस आन्दोलनका मुद्दा फिर्ता, संविधान संशोधन लगायतका सर्त राख्दै आएको छ।
वार्ताका लागि दुबै पक्षले कार्यदल गठन गरेका छन्। जसपाले लक्ष्मणलाल कर्ण सर्वेन्द्रनाथ शुक्ल सदस्य रहेको र सरकारले अर्थमन्त्री विष्णु पौडेल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई सदस्य रहेको कार्यदल बनाएको थियो। जसपाका शीर्ष नेताहरुबीच छलफल नै नभई वार्ताका लागि कार्यदल गठन भएकोमा केही नेताहरुले असन्तुष्टी व्यक्त गरिरहेका छन्।