प्रधानमन्त्री केपी शर्मा ओलीले महासचिवबाहेक सबै पदाधिकारीलाई हटाएका छन्। नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीले शुक्रबार माओवादी केन्द्रबाट आएका गृहमन्त्री रामबहादुर थापासहित २३ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन्।
गृहमन्त्री थापालाई प्रदेश ३ को इन्चार्ज तोकेका छन्। त्यस्तै आजको बैठकले एमालेको विदेश विभाग प्रमुखमा माधवकुमार नेपाललाई हटाएर राजन भट्टराईलाई नियुक्ति दिएको छ।
सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टलाई तोकेका छन्। उक्त पदमा पहिला भीम रावल रहेका थिए। कर्णाली प्रदेश इन्चार्जमा युवराज ज्ञवाली हटाएर यमलाल कँडेललाई जिम्मेवारी दिइएको छ।
बागमती प्रदेश इन्चार्चमा अष्टलक्ष्मी शाक्यलाई हटाएर ईश्वर पोखरेललाई ताेकिएकाे छ। त्यसैगरी प्रदेश १ मा भीम आचार्यलाई हटाएर सुवास नेम्वाङलाई जिम्मेवारी दिएको छ।
औपचारिक बैठक नै नबसी पार्टीको प्रवक्तामा प्रदीप ज्ञवालीलाई तोकेको छ।