नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापासहित मन्त्रीहरुलाई मन्त्रिपरिषद्बाट फिर्ता हुन निर्देशन दिएको छ। पेरिसडाडाँमा शनिबार बसेको स्थायी कमिटी बैठकले मन्त्रिपरिषद्बाट फिर्ता हुन उनीहरुलाई निर्देशन दिएको हो।
गृहमन्त्री थापा, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, सिँचाइमन्त्री प्रभु साह, खेलकुदमन्त्री दावा लामा र श्रम मन्त्री गौरीशंकर चौधरीलाई फिर्ता हुन भनिएको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार २३ जनालाई एमालेको केन्द्रीय सदस्य मनोनयन गरेका छन्। एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीतिर लागेका यी मन्त्रीहरुलाई २४ घण्टाभित्र स्पष्टीकरण माग गरिएको छ। बैठकले भोलि एघार बजे केन्द्रीय कमिटी बैठकसमेत बोलाएको छ।
पर्सिका लागि राखिएको राष्ट्रियभेला भने अर्को सूचना जारी नभएसम्मलाई स्थगित गरिएको छ।