केही दिन यता जनता समाजवादी पार्टी (जसपा)का नेताहरु नेपाली काँग्रेस, माओवादी केन्द्र र प्रधानमन्त्री केपी शर्मा ओलीसँग लगातार छलफलमा छन्। जसपाका नेताहरु शनिबार माओवादी केन्द्रको मुख्यालय पेरिसडाडाँ पुगेका छन्।
सत्ता समीकरणबारे छलफल गर्न जसपाका नेताहरु महन्थ ठाकुर, बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठ पेरिसडाडाँ पुगेका हुन्।
अदालतको फैसला लगत्तै माओवादी केन्द्र ब्युँतिए पछि प्रधानमन्त्री ओली अल्पमतमा परेका छन्। जसपासँग संसदमा ३४ सिट छ।