जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले केपी ओलीसँग कुनै पनि हालतमा सहकार्य नहुने बताएका छन्। पेरिसडाडाँमा माओवादी केन्द्रका शीर्ष नेतृत्वसँगको भेटवार्ता पछि ठाकुरले कसको दिमाग बिग्रिएको छ र केपी ओलीको सरकारमा जानु भनेका हुन्।
सत्ता समीकरणबारे माओवादी केन्द्रसँग राम्रै कुराकानी भएको तर कुनै निश्कर्षमा पुग्न भने नसकिएको उनले बताए। फेरि पनि माओवादी केन्द्रसँग छलफलमा बस्नेगरी बैठक सकिएको अध्यक्ष ठाकुरले जानकारी दिए। त्यस्तै, उनले आफूहरुले कतैपनि सुरक्षाको महसुस नगरेको पनि बताए।
जसपाले कांग्रेस, माओवादी केन्द्र र प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि लगातार संवाद गरिरहेको छ। तर, कुनै निर्णय भने दिएको छैन।