पहिलो संस्करणको काठमाडौं मेयर्स कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। शनिबार भएको उपाधि भिडन्तमा पुलिसले एपीएफ क्लबलाई ८ विकेटले पराजित गरेको हो।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा एपीएफले दिएको १ सय ६ रनको विजयी लक्ष्य पुलिसले २४ ओभर १ बलमा मात्र २ विकेट गुमाएर भेट्टाएको हो। पुलिसका लागि धमलाले ५९ रनको योगदान दिए। त्यस्तै, अनिल साहले १५, कुशल भुर्तेलले १५ र दिपेन्द्र सिंह ऐरीले ११ रन बनाए।
एपीएफको बलिङमा अविनास बोहरा र भुवन कार्कीले १÷१ विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले २९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ५ रन बनाएको थियो। उसका लागि बसन्त रेग्मीले सर्वाधिक २२ रन बनाए। सन्दीप जोरा र अमर रौटेलाले समान १८–१८ रनको योगदान दिए। भुवन कार्कीले १४ रन, विनास बोहराले १२ रन बनाए।
पुलिसको बलिङमा गुल्सन झा र सागर ढकालले ४÷ ४ विकेट लिए। त्यस्तै, पवन सर्राफ र ललित राजवंशीले १–१ विकेट लिए। च्याम्पियन बनेको पुलिसले ५ लाख प्राप्त गरेको छ भने उपविजेता एपीएफले ३ लाखमा प्राप्त गरेको छ।