नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बाटो बिराएका एमालेका नेताहरु सच्चिएर आउन आग्रह गरेका छन्। अखिल नेपाल महिला संघले शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले केपी ओलीलाई ठेगान लगाउँछौं भन्ने वक्तव्यबाजी भएको सुनेको र ओलीलाई ठेगान लगाउन आए बाटैमा ठेस लाग्ने जानकारी दिए।
त्यस्तै, प्रधानमन्त्री ओलीले चैत ७ गते केन्द्रीय कमिटीको बैठक राखेको भन्दै सहभागी हुन नेताहरुलाई आग्रह गरेका छन्। यदि बैठकमा अनुपस्थित भएमा विधानको व्यवस्थाअनुसार हुँदै जाने जानकारी दिए।
‘पेरिसडाँडाबाट रुवाबासी गर्दै हिँड्नु भएको थियो रे। केही दिन अर्याल होटलमा बास बस्नु भएको छ रे,’ वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाललाई व्यङ्ग्य गर्दै उनले भने, ‘प्रशस्त समय रहोस् भनेर ७ गते बैठक बोलाएको छु।’