नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक केन्द्रीय मुख्यालय पेरिसडाडाँमा शुरु भएको छ। अदालतले माओवादी केन्द्र ब्युँताएपछि पहिलोपटक बोलाएको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र माओवादी केन्द्रले लिने भूमिकाबारे छलफल हुँने बताइएको छ।
अहिले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी गराउँदैछन्। तीन वर्षपछि माओवादी अलग भएकाले पार्टीको संगठन पुनर्संरचनाबारे पनि छलफल हुने बताइएको छ।