नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा पार्टीको नाम फेर्ने एजेण्डा राखिएको छ। आइतबार बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको छलफलका एजेण्डामा पार्टीको नाम फेर्ने प्रस्ताव गरिएको हो।
नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राखिएको थियो। तर, सर्वोच्च अदालतले दुई पार्टीबीचको एकतालाई अस्वीकार गर्दै नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताइदिएको थियो।
नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिने रामबहादुर थापासहितका नेताहरुलाई कारबाही गर्ने भएको छ।
केन्द्रीय कमिटी बैठकमा पार्टी अनुशासन उल्लंघन गर्नेलाई कारबाही गर्नेसम्बन्धी प्रस्ताव पेश भएको छ।