सिरहाको लहानस्थित मालपोत कार्यालयमा आइतबार दिउँसो बम बिस्फोट हुँदा ७ जना घाइते भएका छन्। मालपोत कार्यालयमा दिउँसो १ बजेतिर प्रेसर कुकर बम बिस्फोट भएको हो।
घाइते हुनेमा २ जना सरकारी कर्मचारी छन् भने बाँकी सेवाग्राही हुन्। बिस्फोटस्थल नजिकै जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चाको पर्चा भेटिएको बताइएको छ।