इटालियन सिरी ए फुटबलमा आइतबार राति युभेन्टसले क्याग्लीयारीको सामना गर्दैछ। उक्त खेल क्याग्लीयारीको घरेलु मैदानमा राति १०ः४५ बजे शुरु हुनेछ।
च्याम्पियन्स लिगको अन्तिम १६ बाटै बाहिरिएको युभेन्टसलाई घरेलु लिग जित्नुपर्ने दबाब छ। उपाधि दौडमा टिकिरहन युभेन्टस क्याग्लीयारीलाई हराउनै पर्ने दबाबमा छ। आइतबारको खेल जितेमा युभेन्टसले शीर्षस्थानको इन्टर मिलानसँगको अंक दुरी ७ मा र दोस्रो स्थानको एसी मिलानसँगको अंक दुरी एक अंकमा झार्नेछ।
हाल युभेन्टस २५ खेलबाट ५२ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ। शीर्षस्थानमा रहेको मिलानको २६ खेलबाट ६२ अंक छ। समान खेलबाट ५६ अंक जोडेको एसी मिलान दोस्रो स्थानमा छ।
खेल जित्ने लक्ष्यमा रहेको युभेन्टसले क्याग्लीयारीविरुद्ध फेडेरिको चिसा, अल्भारो मोराटा र क्रिस्टियानो रोनाल्डोलाई आक्रामण उतार्ने तयारी गरेको छ। उता क्याग्लीयारी रेलिगेसनबाट बच्ने दाउमा छ। त्यसैले घरेलु मैदानमा हुने खेलमा युभेन्टसलाई स्तब्ध पार्ने क्याग्लीयारीको लक्ष्य छ।